मेलामा प्रस्तुती दिँदै कलाकारहरु

हेटौंडाः हेटौंडामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज टंक बुढाथोकीको समूहले प्रस्तुती दिएको छ । पछिल्लो समयमा युट्युवबाट भाइरल भएका गायक अशोक दर्जी, गायक तथा संगीतकार टंक बुढाथोकी र एआर बुढाथोकीले आफ्नो सांगीतिक प्रस्तुती दिएका हुन् ।

अशोकले मन बिनाको धन ठूलो कि धन बिनाको मन गीत गाउँदा हेटौंडेली दर्शक सँगसँगै गाउँदै नाचेका थिए । कसरी कसरी भन्दै एआर बुढाथोकीले गाएका थिए ।
एआरले आमा भन्दा राम्री कोही छैन संसारमा…, दुई दुना चार…., रेलिमाई…,काली तिम्रो नजरले…, जस्ता दर्जनौं गीत प्रस्तुत गरेका थिए ।

टंकले आफ्नो एल्बमका र चलचित्रका गीतहरु प्रस्तुत गरेका थिए । अशोकलाई मोवाइलमा कैद गर्न हजारौंले मोवाइलले भिडियो खिचेका थिए । बाल गायक अशोक दर्जीसँग फोटो खिच्न नपाइएकोले सयौं बालबालिका तथा युवा युवतीहरु रोएका थिए ।