हेटौंडा, फागुन २३
गैंडा संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत कमलजंग कुँवरद्वारा लिखित ‘गैंडालाई चार वर्ष’ पुस्तकमा आधारित चलचित्र खाग फागुन २४ देखि देशभरका चलचित्र हलहरुमा प्रदर्शन हुँदैछ ।


गैंडा संरक्षणमा सकारात्मक सन्देश प्रवाह गर्न निर्माण गरिएको चलचित्र खागको निर्देशन मनोज पंडितले गरेका हुन् । चलचित्रको प्रमुख भूमिकामा प्रविण खतिवडा रहेका छन् भने पुस्कर गुरुङ, अशान्त शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ । दीपक बज्राचार्यको छायांकन रहेको सिनेमालाई पदम तिमल्सिनाले सम्पादन गरेका हुन् । सिनेमालाई प्रमिला कुँवरले निर्माण गरेकी हुन् ।
यसैगरी, सिनेमाले इ–सेवासँगको सहकार्यमा ‘रिभ्यू कन्टेस्ट’ पनि घोषणा गरेको छ । सिनेमा हेरेर फागुन २४ गतेदेखि २७ गतेसम्म सिनेमाको रिभ्यू लेखेर पठाउने मध्येबाट प्रथमलाई १० हजार, दोस्रोलाई ५ हजार र तेस्रोलाई २५ सय प्रदान गरिनेछ ।