हेटौडा,२० फागुन । गत फागुन ७ गते २२ बुदे माग सहित पुर्वपश्चिम स्वाभिमान यात्रा भन्दै अभियानमा निस्किएको राष्ट्रिय प्रजातन्त्र पार्टीले सो माग पुरा नगरे अब सडक आन्दोलनमा उत्रिने तयारीमा रहेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
हिन्दू राष्ट्र, राजा सहितको लोकतन्त्र, भ्रष्टचारको अन्त्य जस्ता २२ बुँदे माग सरकारसमक्ष राप्रपाले धार्मिक स्वतन्त्रताको विषयमा गम्भीरहुन पत्रकार सम्मेलनमा बताइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ताप्लेजुङबाट शुरु गरेको राष्ट्रिय स्वाभिमान यात्रा अन्तरगत आज हेटौडामा आइपुग्ने भएको छ । ३ सय जनाको ¥याली सहित हेटौडामा उक्त पार्टीका कार्याकर्ता,शुभचिन्तकहरुको सहभागितामा पशुपति मन्दीरमा पार्टीका केन्द्रीय अध्यक्ष कमल थापा सहित केन्द्रीय नेताहरुको सहभागिता रहने राप्रपा मकवानपुरका संयोजक मधु अधिकारीले आजको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । अभियानलाई आज अपरान्ह ४ बजे हेटौँडाको रातोमाटेमा स्वागत गरिने समेत उहाँले बताउनुभयो ।