काठमाडौ,२० फागुन । त्रिभुवन विश्वबिद्यालय,मानबिकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत स्नातकोत्तर तहमा नयाँ भर्नाको लागि प्रवेश परीक्षा सन्चालन गर्ने भएको छ ।
त्रिविले स्नातक दोश्रो बर्षको नतिजा हिजो सार्बजनिक गरेसंगै परीक्षा उत्तीर्ण गरेका बिद्यार्थीलाई लक्षित गरि नयाँ भर्ना खुलाएको हो । भर्ना गर्न चाहाने विद्यार्थीले तोकिएको शुल्क र कागजपत्र सहित फाल्गुन २३ गते सम्ममा आफुले अध्ययन गर्न चाहेको कलेज र क्याम्पसमा बुझाउनु पर्ने छ ।