हेटौंडा,
फागुन १८
हेटौंडा उपमहानगरपालिका स्थित शहिद स्मारकमा तथ्याङक र नागरिक सचेतनाका बिषयमा प्यानल डिस्कशन कार्यक्रम शनिवार भएको छ । विकास उद्यमी संस्थाको आयोजनामा भएको कार्यक्रममा तथ्याङकको महत्व र यसको प्रयोग गर्ने तरिकाबारे जानकारी गराइएको थियो ।
कार्यक्रममा ३ नंम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब केबल भण्डारी, हेटौंडा उपमहानगरपालिका उपमेयर मिना लामा, अर्थसास्त्री तथा ३ नं. प्रदेशका मुख्यमनत्री डोरमणि पौडेलका स्वकिय सचिब अनुप पौडेल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धिताल, बिकास उद्यमी कार्यक्रमका प्रमुख कार्यकारी अधिकृत सन्तोष गड्तौला लगायतले तथ्याङकको महत्वका बारेमा प्रष्ट पारेका छन् ।
सो कार्यक्रममा तथ्याङ्कले नीति र योजना निर्माणमा खेल्ने भूिमका, तथ्याङ्क उत्पादनको अवस्था र तथ्याङ्क उत्पादनका चुनौती तीनै तहका सरकारले तथ्याङकमा दिएको काम, तीनै तहका सरकारले आफ्ना नीति तथा योजनामा गरेको तथ्याङकको प्रयोग, तथ्याङ्क उत्पादन विधिको प्रयोग र यसको महत्व लगायतका बिषयमा छलफल गरिएको छ ।