हेटौडा,१८ फागुन । झरना साहित्यिक परिवार मकवानपुरले स्थापनाको गौरवमय २५ वसन्त पार गर्दै २६ औँ वसन्तमा प्रवेश गरेको अवसरमा आज मकवानपुरको छतिवनमा बृहत साहित्य गोष्ठी, स्रष्टा सम्मान तथा कृति विमोचन समारोह सम्पन्न भएको छ।

बृहत साहित्य गोष्ठीमा सम्मानित स्रष्टाहरु मकवानपुर तथा जिल्लाबाहिरका रहेका थिए। कार्यक्रममा ३० बढी साहित्यकारबाट कविता,गजल,मुक्तकलगायतका रचनाहरूको वाचन गरेका थिए ।

कार्यक्रममा होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०७५ बाट नगद रु.११,५५५सहित प्रगतिवादी वरिष्ठ साहित्यकार डा.रामप्रसाद ज्ञवाली गुल््मीलाई सम्मान गरिएको छ । बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०७५ नगद ११,१११ सहित साहित्यकार श्री तुल्सी थापा, मकवानपुरलाई सम्मान गरिएको छ । खडानन्द–मनमाया प्रतिभा सम्मान–२०७५ नगद ५,५५५प्रगतिशील साहित्यकार केशव सिलवाल, ललितपुरलाई सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०७५नगद ५५५५ साहित्यकार मुना अर्याल, मकवानपुरलाई प्रदान गरिएको छ । त्यसैगरी सञ्जीवनी बुटी साहित्य सेवा पुरस्कार–२०७५नगद ५५५५ सहित धर्मदत्त न्यौपाने, मकवानपुरलाई प्रदान गरिएको हो ।

कार्यक्रममा बकैया गाउँपालिकाका प्रमुख दामोदर खनाल, उपप्रमुख सरला बोलखे सहितका साहित्यकार तथा लेखकहरुको उपस्थितिमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो ।