माघ २१
आफ्नो गाँउलाई पर्यटकिय ठाउँको पर्यटकिय स्थल बनाउने उदेश्यले वि विल राईज फउन्डेसनले मेरो गाँउ मेरो ठाउँ भिडियो प्रतियोगिता गर्न लागेको आईतबार हेटौंडामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउने अभिप्रायले फाउन्डेसनले नेपाल पर्यटन वोर्डसंग सहकार्य गदैं उक्त कार्यक्रमको घोषणा गरेको आयोजक एव् फाउन्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् ।
नेपालमा पर्यटकीय स्थल बन्न सक्ने सम्भावना बोकेका स्थलहरु धेरै रहेको तर कतिपय स्थल जानकारीमा आउन नसकेको अवस्थाका यो भिडियो प्रतियोगिताले जानकारीमा आउन सक्ने आयोजक श्रेष्ठको दाबी रहेको छ । भिडियोमा गाउँको प्रकृतिक, सांस्कृतिक, भेषभुषा, खानपान, कला आदी विषय वस्तु समेटेर तयार गर्नु पर्ने पनि बताएका छन् । अधिकतम ५ मिनेटको भिडियो हुनुपर्ने र उत्कृष्ट भिडियोहरुलाई फाउन्डेसनले यूट्यूव च्यानलमा, फेसवुक पेजमा पनि राखेर प्रचारप्रसार गरिने पनि बताए । पहिलो हुने भिडियोले एक एक लाख नगत पुरस्कार प्राप्त गर्ने छन् भने नेपाल फिल्म एकेडेमीले २ लाख बराबरको छात्रवृत्ति समेत दिने व्यवस्था रहेको छ । प्रतियोगितामा फस्ट रनर्सअप हुने भिडियोले ५० हजार र सेकेण्ड रनर्सअपले २५ हजार पाउने छ । यसैगरी सर्वोउत्कृष्ट सम्पादन र सर्वोउत्कृष्ट स्क्रिप्ट भएकोले २५ २५ हजार पाउने छन् । जनावरीवाट सुरु भएको यो प्रतिस्पर्धा ४ महिनासम्म चल्ने पनि आयोजकले जानकारी दिएको हो ।