–डा.देवेन्द्र आचार्य
धेरै भयो नपसेको मलाई जानै कस्तो कस्तो लागि रहेछ । पुरानो दोस्ती कहिले काहिँ मात्रै फेसबुक म्यासेन्जरमा औपचारिकतामा कुराकानी हुन्छ । बीचमा अजयले पढाई पनि अगाडी बढाउन सकने अहिले दुबईमा राम्रो कम्पनिमा कमप्यूटर अपरेटरमा जागिर गर्दैछ । उसको घर मेरो गन्तव्य बिन्दूको बाटैमा पर्दछ । के गर्ने वषौँ पछिको पहिलो स्थानिय चुनाव हो त्यसमाथि मेरो आफ्नै काका मेयरको उम्मेदवार भएकाले पनि पस्नै पर्ने बाध्यता भयो । दिन ढल्दै निराश र एउटा भम्रपूर्ण सपनाहरुलाई स्वागत् गर्न आतुर भएझै साँझले आफ्नो अन्धकारको गतिलाई अझ वेगपूर्ण तबरले झझल्काईरहेछ ।
“घरमा को हुनुहुन्छ”, म बिस्तारै ढोका ढकढकाउछु । “को हो यति बेला” भन्दै अजयको आमा मलाई वषौँ पछि देखेर आफ्नो छोराको यादहरु भेटिरहनु भएको थियो । घरभित्र बसियो मेरो मुखबाट झ्याप्पेै अजयको एक मात्र बहिनी रोजिनाको बारेमा सोध्ने जिज्ञाशा फुटिहाल्यो “अन्टी आजभोलि रोजिनाको के छ खबर, घरबार त राम्रै हुदैछ नि १” । अन्टी एकछिन मौन हुनुभयो र एकछिनमा वित्तान्त घटनाक्रमहरु भन्न थाल्नु भयो । अजयको बाबु मलेसिया हुनुहुन्थ्यो, अजय दुबई त्यस्तो अवस्थामा रोजिनाको मामाले राम्रो खानदानी पढेलेखेको अब्बल केटो आएको छ भने पछि बल्ल मैले आफै ठूलै चुनौती मोलेर हुन्छ भनेर छोरीलाई दिएको हो । के थाहा यस्तो हुन्छ भनेर । केटो भारतको ब्याङ्गलोरको आचार्य यूनिभसिर्टीमा सिभिल इन्जिनियर पढ्दै छ । घरको एकमात्रै छोरो र एउटा दिदि धनि कुल कुटुम्भ पनि मिल्ने भनेर केटाहरुको परिवारले नै रोजिनालाई मन पराएपछि मैले छोरी दिएको । सके पनि नसकेपनि बाबु र दाजुको अनुपस्थितिमा मैले आफ्नो क्षमताले भ्याए अनुसार छोरीलाई राम्रै स्रंस्कारमा बिदाई गरेको हो । ताते ताते गरि हुर्काएकी मेरी छोरीको पहिलो पल्ट सिउँदोमा सिन्दूर देख्दा मेरा आँखा कहाँ थामिए होलान । लईलई लईलई गरि तेल मुसारिदिएको मेरी छोरीको पाउले कसैको दैलोमा लक्ष्मी बनेर प्रतिनिधीत्व गर्दा म मा गर्वको कुनै सीमा नै रहेन । यस्तो अवस्थामा मेरो मुटुको टुक्रालाई मैले बिदाई गरेको हो ।
सुहागको पहिलो माईती आगमन सबैलाई नवविवाहित दम्पत्तिलाई स्वागत् गर्न हतारो हुन्छ । रोजिना आफ्नो विवाहपछि पहिलो पल्ट माईती आउदैछे । म मा कुनै खुसीको सीमा नै रहेन छोरी ज्वाँइ आउदैछन् भनेर मैले हप्ता दिन अघि नै रातो लोकल भाले किनेर राखेँ । छोरी ज्वाँइलाई स्वागत् गर्न परको घुम्तीसम्म म आफै टिका र अछेता थालीमा पुगे । साँझ सुत्ने बेला भयो मैले छोरीको सर्वसव मेरो ज्वाँइ लाई सुरुबाट नै नियालिरहे । तर, अहँ उसको चेहेरामा मेरी छोरीको आगमन पश्चात् आउनुपर्ने चेहेराको चमक पट्क्कै देखिन । सोचे शायद सन्चो छैन होला र रोजिनालाई पनि सोधे उसले कुनै संकोच बिना ज्वाँइलाई सन्चो छैन भनि सरल जवाफ दिई । साँझको खानपिन भयो तब पनि ज्वाँइको चेहेरामा कुनै चमक र बोलीमा कुनै आत्मविश्वास भने भेटिन । रातको करिब १० बजे म छोरी ज्वाँइ सुतेको कोठमा पानी लिएर गए । तर, त्यहाँ छोरी खाटमा र ज्वाँइ भुइँको बिस्तारामा पल्टेको देखे सोचे सानै बाट बाहिर बाहिर होस्टेलको बसाँइ एक्लै सुत्ने बानी होला । सम्बन्धमा यस्ता कुराहरुले पनि धेरै कुरा झल्काउँदो रहेछ बल्ल, बुझ्ने प्रयाश गर्दैछु । सम्बन्ध बनाउन त मन, तन र मस्तिष्कबाटै विज्ञानमा केमिकलको जस्तै बोन्डिङ्ग हुनु पर्दो रहेछ । भोलि बिहान खानपिन गरेर जसोतसो छोरी ज्वाँइलाई बिदाइ गरियो ।
प्रायः दैनिक जसो छोरीसँग मेरो मोबाइलमा कुराकानी भइरहन्थ्यो । म एकदमै हतासपूर्ण तबरले सुरुमा ज्वाँइको बारेका सोधी हाल्थे । विवाहको ६ महिनासम्म छोरीको मुखबाट एउटै जवाफ आउथ्यो कि ज्वाँइ त पढाइको लागि ब्याङ्गलोर हुनुहुन्छ । बेलाबेलामा ६ महिनाको अवधिसम्म छोरी कहिलेकाँही घर आउथि । म एकदमै खुसी हुन्थे कि मेरी छोरी आज घर आउदै छे १ म एक दिन अगावै टोलभर हल्लाबोल गरिदिन्थे । तर, छोरी आउथि केवल पहिले भन्दा दूब्ली बनेर, पहिले भन्दा चेहेरामा निराशा बोकेर र पहिले भन्दा एकदमै मानसिक रुपमा थकित अवस्थामा । म आमा भएर उसको मात्रै चेहेरा पढ्थे कहिले उसको मन पढ्न सकिन, म आमा भएर उसको शरीरको माङ्पेसीको बढ्ने र घट्ने क्रम हेर्थे तर, कहिले उसको भित्री रङ्ग बुझिन । शायद, मैले शुरुवाती दिनमै बुझेको भयो हुदैन थियो यो सब कुराहरु, शायद मैले अझै कोट्याएको भयो उड्ने थियो होला उसको चेहेराको रङ्ग । समय बित्दै गयो अब त विवाह भएको पनि झण्डै ६ महिनै पुग्न आँटेछ । रोजिना कति सरल उ त एउटा ठूलै पीडामा बाँचेकी मान्छे, उ त आफू रोएर मेरो चेहेरा हसाँउने मान्छे, आज बल्ल यी सब कुराहरुको आभास हुदै छ । शायद, यो प्रकृति हरेक घटनाक्रमहरुलाई अगाडी नै उजाग्रढ गराउने भए संसारमा कुनै पनि घटनाहरुको दुखद अन्त हुने थिएन होला ।
समय आफ्नै गतिमा प्रकृतिका याबत रङ्गहरुसँग लडिबडि खेल्दै आफ्नो निरन्तरता जनाइरहेको थियो । पहिले पहिले झै रोजिना आज फेरि माइत आई तर, अहिले भने कसैलाई थाहा नदिएर आई । मलाई के थाहा उ एउटा सिँङ्गो पिडाको भारी बोकेर आएकी छ भनेर, मलाई के थाहा कि उ मनमा सगरमाथाको उचाई भन्दा अग्लो हृदयविधारक घाउ बोकेर आएकी छ भन्ने । रोजिना घर आउन के पाएथी, उ एकाएक भावुक बन्दै रुन पो थाली । उ आफूलाई सम्हाल्नै सकिन निकै कर गरे उसलाई मैले सम्हाल्न तर, सकिन । निकै करधप गरे पछि उ बोली कुरा त अर्कै रहेछ । रोजिनाको जीवन जसलाई सुम्पेको थिए उ त धोकेवाज पो रहेछ । उसको नाम भगत थियो, उसको वषौँ पहिले देखि कसैसँग सम्बन्ध रहेछ । घरपरिवारले उक्त केटीलाई अस्वीकार गरेपछि दिपकको मन तन र मस्तिष्क मोडिएला भनेर भगतकै स्वीकृतीमा बाबुआमाले रोजिनासँग विवाह गरिदिएका रहेछन् । विवाह भएको दिनबाट उ रोजिनासँग बोल्दा पनि बोलेको छैन रे १ विवाहको भोलिपल्ट नै उ बोङ्गलोर गएछ र गएर पुन आफ्नो पुरानै सम्बन्धलाई यथावत दिन थालेछ । केही महिना पश्चात दिपक नेपाल आयो बिचरा, रोजिना अब त शायद, दिपक म सँग आफ्ना मन मुटु र तन साँट्छ होला नि भन्दै इन्जारमा पुरा घडी सुईले एक फन्को मारुन्जेल पर्खी बसेकी छ । तर, अँह भगत आउन त आयो तर, यो पटक अझ भिन्न स्वभावमा आयो । रोजिनालाई यो पटक आएर निकै नै बहादुर र मर्दानगी देखाउने उद्देश्यले आएछ । “तँ किन यहाँ बसेको, तँ मलाई छाडिदे म अर्कैलाई माया गर्छु र अरुसँग नै जीवन बिताउन चाहान्छु” भन्दै घुकाएछ । बिचरा मेरी छोरी घरपरिवारको इज्जतको निम्ती आफू विवश बनि छ र झिनो आशाको त्यान्द्रोमा पलपल समय कुर्नु बाहेक कुनै विकल्प देखिन छ । भगत आएको केहि दिनमै पुन बेपत्ता भएछ, उ बेङ्गलोर पनि गएको छैन । उ कहाँ गयो घरपरिवार कसैलाई अत्तोपत्तो नै रहेन । चारैतिर उसको खोजी भयो तर, पनि उसको कुनै ठेगान भएन ।
सबैतिर बिस्तारै हल्लाबोल भयो दिपक त आफ्नो पहिलेकै केटीलाई लिएर गयो । रोजिनालाई मर्नु बाहेक केहि पनि विकल्प भएन । यो सब कुराहरुलाई काबू लिन भगतका आमाबाबुले रोजिनालाई २४ घन्टा आफूसँगै राहेर निकै नै सम्हालेछन् । बहूत दिनको प्रयाश पछि दिपकको पत्ता लागेको छ । उ गुजरातको सूरत भन्ने ठाँउमा सानो व्यपार गरेर बसेको छ रे १ अब, छोरा भएपछि त बाबुआमालाई तनाब त भइहाल्छ । भगतको बाबु सूरत जाने हुनुभयो । उता दिपकको अर्की श्रीमती गर्भवती भएकी छ । भगत घरबाट टाढिए पछि आफ्नो दैनिकी गुजार्न फलफूलको ठेला व्यापार गर्ने गर्दो रहेछ । सूरत पुगे पछि भगतको बाबु दिपक सर्वप्रथम आफ्नी श्रीमतीलाई ससुरा भन्दै पाउ पर्न भनि के आग्रह गर्न आँटेको थियो । भगतको बाबुले लात्तीले पेटमा हानेर गर्व नै खेर गएछ । त्यहाँ बाट भगत र उसकी अर्की श्रीमतीलाई नेपाल ल्याएर आइयो । भगतलाई घर ल्याइयो र उसकी स्वास्नीलाई माइत पठाइयो । यति हुदाँ हुदाँ पनि दिपक परिवर्तन हुन्छ कि भन्दै यता रोजिना भने झिनो आशाको त्यान्द्रोमा तेल थपेर मनको आश मर्न दिएकी छैन । भगतलाई अझै पनि यी सबै कुराहरुले कुनै पनि फरक पारेको छैन । उ निस्फ्रीक छ । रोजिनालाई बरु अर्की श्रीमती ल्याएकोमा कुनै गुनासो छैन तर, भगतको आफुप्रतिको बेमत्लबी स्वाभाव बाट उ आजित भएकी छे । दिनहरु क्रमश बित्दै गए पुन दिपक गाएब भयो । फेरि त्यहि शिलशिला फेरि त्यही घटनाक्रम ।
यती सब भइसकेछ बल्ल, रोजिना भन्दै छे १ खोल्दै छे एउटा राज, एउटा सिङ्गो उपन्यासको एक हिस्सा । मलाई अब के गर्ने, के नगर्ने कुनै होसै रहेन । आफ्नो मुटुको टुक्रा मेरी छोरी माथि यो सब कसरी सहने र कहाँ बाट सहने साहस सापटी लिने केही मेसो नै भएन । यत्तिकैमा भगतको बाबुले मलाई फोन गर्नु भयो मान्छेहरु लिएर आउनु आज फाइनल कुरा गर्नु छ, दिपक भेटिएको छ रे १ रोजिनको मामा, म, रोजिना सहित दुई चार जना अरु लिएर हामी नेपालगंज पुग्यौ । दिपक त उही अर्की श्रीमतीसँग पुन मिलनका साथ नेपालगंजकै कहलिएकै होटलमा बसिरहेको रहेछ । भगतको बाबुआमा, काकाहरु र हामी सहितको टोली होटल पुग्यौ र म मा कुनै सहनशीलताको अर्थनै रहेन जब, भगतलाई देखे सिधै एक झापड हार्ने सामर्थता जुटिहाल्यो र हाने पनि । उसलाई हामीसँग गएका सबैले एक एक झापड हान्यौ । रोजिनाले उसलाई मुखैमा थुकिदिई र सोहि दिनबाट दिपकलाई उसका आमाबाबुले घर पनि निकाला गरिदिए । अब, रोजिनाको के गर्ने भगतको बाबुआमाले रोजिनालाई छोरी सम्झेर पालेका थिए । छोरी बराबर माया दिन्थे । हामी रोजिनालाई सदाको लागि हामी सँग ल्यान लाग्यौ । तब, भगतका बाबुआमाले रोजिनाको हात तानेर आफूसँग राख्ने प्रयत्न गर्दै थिए । अन्तमा हाम्री छोरीलाई हामी कमसेकम अन्तमा पु¥याउन त पाउ भनेपछि उहाँहरु आफ्नै कारमा हामीलाई पु¥याउन आउनु भयो । र पूर्ण सुहागलाई अपूर्ण बनाएर सारा कुराहरु बचायो या फिर भत्कायो । धन्न मेरी छोरीको अस्मीतामाथि चाहीँ खेलेनछ । निकै बेरको यी सब कुराहरु सम्झदै म बाहिरिए र रोजिनाको अपुरो सुहाग के अब पुरा होला भन्दै मनमा एउटा भरियाको लद्दाखले पेलिरह्यो । (वाँके कोहोलपुर)