२०६२ माघ ८ गते बेलुकी ६ बजेदेखि बिहानको ३ बजेसम्म मकवानपुरको झुरझुरेमा तत्काली शाही नेपाली सेना र जनमुक्ति सेनाबीच दोहोरो भिडन्त हुँदा २८ जना जनमुक्ति सेना र स्थानीय २ जनाले मृत्युवरण गरेका थिए । सेनाको आक्रमणबाट एउटा घर ध्वस्त भएको थियो । सोही लडाईंलाई स्मरण गर्दै लेखिएको कविता –
-लक्ष्मी पाख्रिन (डोल्मा) (गढी–८)
साम्राज्यवादका जल्लादहरुको
चौतर्फी गोली वर्षाउँदा
चारैतिर हेलीबाट एट्टीवानको सेल खसाल्दा
जनताको झुपडी घरहरु ध्वस्त पारी
खरानी बनाउँदा
त्यहाँ बारीका पाटाहरु र माटोहरु
रगतै रगतमा परिणत हुँदा
गाई बस्तुको गोठ जल्दा
गाईबस्तु कराई भागदौड सँगै
मान्छेको कोलाहल र चिच्याहटको आवाज आउँदा
त्यही माथि भिषण आक्रमण
बम बारुद वर्षाउँदा
न त तिमीले हरेस खायौ
न त तिमी इतिहासमा पछि पर्यौ
न त साम्राज्यवादीको सामु घुँडा टेक्यौ
कोलाहल र चिच्याहट आवाज
बम बारुदको धुवाँ सँगै
झुक्दै नझुकी हामफाल्यौ
कति महान छौ झुरझुरे तिमी
इतिहासको पाना पानामा
कहिले नमेटिने अमिट छाप बनेका छौ
राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा तिम्रो नाम फैलिएको छ
सबैको मानसपटलमा स्मरण भएको छ
पूर्वदेखि पश्चिमका कमरेडहरुले रगत बगाएका छन्
महान शहीदहरुको रगतले लतपतिएको झुरझुरे
तिमी कति हलचल नभई अडिग भएका छौ
डग्मगाएका छैनौ
ति प्रतिक्रियावादी शाही सेना माथि
बज्र प्रहार गर्नुपर्छ
भन्ने संकेत दिएका छौ
कति महान छौ झुरझुरे तिमी
कति महान छौ झुरझुरे तिमी
(२० माघ २०६२, ज्यामिरे मकवानपुर)