किन्सासा : प्रजातान्त्रिक गणतन्त्र कङ्गोका विपक्षी नेता फेलिक्स शिकेकेडी राष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ । गृहयुद्धबाट तहसनहस भएको कङ्गोमा १८ वर्षको अवधिमा यो पहिलो सत्ता हस्तान्तरण हो।
राष्ट्रपतिको चुनावमा पटकपटक भएका ढिलाईले अफ्रिकाको यो विशाल एवं गरिब देशमा हिंसात्मक घटना हुँदै आएका थिए। निर्वाचित भएलगत्तै नवनिर्वाचित राष्ट्रपति फेलिक्सले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सबैसँग मिलेर काम गर्ने प्रतिज्ञा गर्नुभयो ।
उहाँले हिंसाहत्याको शृङ्खलाबीच मुलुकको नेतृत्व गर्नुभएका राष्ट्रपति जोसेफ काबिलालाई “लोकतान्त्रिक परिवर्तनका साझेदार” का रुपमा हेर्न आमजनता समक्ष आग्रह गर्नुभएको छ।
निर्वाचनमा पराजित भएका मार्टिन फायुलुले चुनावमा धाँधली भएको आरोप लगाएका लगाउनुभएको छ । फायुलुले करिब ३५ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।