हेटौंडाः चर्चित अमेरिकी पप गायक जस्टिन बीबर लामो समयदेखि गायिका सेलेना गोमेजको प्रेममा थिए ।

सेलेनासँगको ब्रेकअप पछि जस्टिन मोडल हेली बाल्डविनको प्रेममा परे । यी दुबैले अचानक इन्गेजमेन्ट गरेर फ्यानहरुलाई आश्चर्य चकित बनाएका थिए । त्यस पश्चात् सामाजिक संजालमा खुलेरै एक अर्कालाई माया दर्शाउदै आइरहेका छन् । 

केही समयअघि यो जोडीले बिवाहको लागि अप्लाई गरेको बताइएको थियो । यो जोडीले गुपचुप रुपमा विवाह गरेको खुलासा भएको छ । यो कुराको खुलासा हेली वाल्डविनले गरेकी हुन् । साथै जस्टिन बीबरले पनि उनको साथ दिएका छन् । 

दुबैले गोप्य रुपमा बिवाह गरिसकेका छन् । उनीहरुले एक सानो पार्टी आयोजना गरेर परिवार तथा साथीहरुबीचमा विवाह गरेका थिए । साथै हेली बाल्डविनले उनको नाम परिवर्तन गरेर हेली बीबर बनाएकी छिन् । 

जस्टिन बीबरले पनि आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक फोटो पोष्ट गर्दै लेखेका छन ‘मेरी सुन्दर श्रीमती ।’ यो पोष्टसँगै दुबवैजनाका फ्यानहरुले विवाह भएको थाहा पाएका हुन् र यो जोडीलाई अहिलो बधाई तथा शुभकामना दिइरहेका छन् ।

(उज्यालो अनलाईन)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here