हेटौंडाः –यदि चर्को घाममा तपाईंको छालाको रङ फिक्का या कालो भएको छ भने काँचो टमाटरलाई मिचेर मोही हालेर अनुहार र छालामा लगाउनुहोस, छालालाई शीतलता प्रदान हुनेछ र कालोपना पनि हट्नेछ।

–नुहाउने पानीमा एक गिलास लस्सी हालेर नुहाउनाले पनि बिस्तारै बिस्तारै सनटेन हट्नेछ।

–एक सानो चम्चा काँक्राको रस, आधा चम्चा ग्लिसरिन र एक चम्चा गुलाबजल मिलाएर घामले डढेको छालामा लगानाले छाला नरम र गोरो हुँदै जानेछ।

–टमाटर र दही बराबर मात्रामा लिएर राम्ररी फिट्नुस र यो मिश्रणलाई छालामा लगाएर १० मीनेटसम्म राख्नुस र चिसो पानीले धुनुहोस । यो सनबर्नको लागि राम्रो टनिक हो।

–काँचो दूधमा गुलाबजल हालेर कपासले छालामा लगाउनुहोस । यसो गर्दा छालाको पुरै मैला कपासमा आउनेछ।

–चन्दन पिसेर त्यसमा गुलाबजलका केही थोपाहरू हालेर बनाइएको लेप अनुहारमा लगाउनाले छालालाई शीतलता पुग्छ।

–कागती र मोही मिलाएर लगाउनाले घामका कारणले कालो भएको अनुहारमा निखार आउँछ।

–एक चम्चा मख्खन र एक चम्चा पानी मिलाएर पिट्नुस, घाममा डढेको छालामा लगाउनुस । यसले धेरै नै फाइदा गर्छ।

–दुई चम्चा काँक्राको रसमा एक चम्चा काँचो दूध हाल्नुस र यसलाई कपासले अनुहार र गर्धनमा लगाउनुहोस । यसबाट छालाको छिद्र खुल्छन र धुलो तथा अतिरिक्त चिल्लोपना हट्छ अर्थात यसले क्लिन्जिङको काम गर्छ।

–एउटा स्याउलाई पिसेर अनुहारमा लेप गर्नुहोस । आधा घण्टापछि मनतातो पानीले अनुहार सफा गरेपछि छालाको चिल्लोपना काम भएर छालालाई कान्तिमय र नयाँ स्फुर्ती प्रदान भएको अनुभव हुनेछ।

–छाला अति नै चिल्लो छर मेकअप रहँदैन भने बरफको टुक्रा दूधमा भिजाएर अनुहारमा दल्नुस। यसबाट ताजगी र स्फुर्ती आउनेछ साथै चिल्लोपना रहनेछैन।

–छालामा तुरुन्त स्फुर्ती ल्याउनका लागि कागतीको रस बराबर मात्रामा पानी हालेर त्यसलाई ट्रेमा जमाइदिनुस । यो आइस क्युबलाई अनुहारमा दल्नुस । चिल्लोपना नियन्त्रणमा आउँछ।

–चिल्लो छाला भएका व्यक्तिहरूले कागतीको रस र त्यसको बोक्रालाई अनुहारमा दल्नाले फाइदा हुन्छ।

–शीघ्र छालाको सफाइका लागि अंगुरको अर्धरस निकालेर बाँकी गुदी आफ्नो अनुहारमा रगड्नुस। अंगुर अम्लीय हुन्छ अतः रुखो र चिल्लो छालालाई समान रूपले पोषण र सफाइ गर्छ।

 (स्वास्थ्य सम्बन्धी एजेन्सीको सहयोगमा)