मकवानपुरका युवाहरुले हाँस्य लघु फिल्म ‘नेपाली लभ’ निर्माण गरेका छन् । कमेडी सर्ट फिल्मको पहिलो श्रृङ्खलालाई युट्युब च्यानल जगत टिभी मार्फत् सार्वजनिक पनि गरिएको छ । जगत मिडिया ईन्टरटेन्मेट र नयाँ पाईला मकवानपुरले हाँस्य लघु फिल्म निर्माण गरेको हो ।

हाँस्य लघु फिल्ममा श्रमण सुनार, जमुना बिहानी, आशिष खतिवडा, सागर सापकोटा लगायतको अभिनय रहेको छ । जगत टिभीका सञ्चालक अशोकसुजन श्रेष्ठको निर्देशनमा बनेको हाँस्य लघु फिल्ममा उनीसहित श्रमण सुनारको परिकल्पना र संवाद रहेको छ ।

समाजमा खुशी बाँड्ने, स्वस्थ बनाउने र चेतना जगाउँने प्रयास स्वरुप कमेडी सर्ट फिल्म बनाएको निर्देशक श्रेष्ठले बताए । ‘हाँसो, खुशी, स्वास्थ्य र चेतनासँगसँगै’ नारा सहित आगामी दिनमा थप सल्लाह–सुझाव लिएर कमेडी सर्ट फिल्मको नयाँ श्रृङ्खला बनाउने उनको भनाई छ ।

पत्रकार समेत रहेका उनले समाज र सरकारका विकृती, विसंगतीको कमेडी मार्फत् व्यङ्ग्य गर्दै सकारात्मक सन्देश प्रवाह गर्न पहल गर्ने बताए । ‘कमेडी र रमाईलो भिडियो प्रति धेरैको चासो छ,’ उनले भने, ‘त्यसैले हामी सबैको अमुल्य सल्लाह र सुझाबको अपेक्षा गरेका छौं । कमेडी सर्ट फिल्मलाई युट्युब च्यानल जगत टिभी वा जगत टिभी डटकम मार्फत् पनि हेर्न सकिन्छ ।

कमेडी सर्ट फिल्म नेपाली लभको युट्युब लिंक


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here